वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने

लोकपथ
533
Shares

काठमाडौं । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिला बलिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला बलिङ गर्ने भएको हो ।

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको यो चौंथो खेल हो । ५ टी–२० शृंखलाअन्तर्गत भएका ३ खेलमा नेपालले २ खेलमा हार व्यहोरेको छ भने एक खेलमा जित हात पारेको छ ।

नेपाली टीम :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, ललित नारायण राजवंशी, अविनाश बोहरा, प्रतिश जिसी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?