रजनीकान्तको बायोपिक बनाउँदै साजिद

लोकपथ
143
Shares

काठमाडौं । सुपरस्टार अभिनेता रजनीकान्तको बायोपिक बन्ने भएको छ । बलिउड निर्माता तथा निर्देशक साजिद नाडियाडवालाले सुपरस्टार अभिनेता रजनीकान्तको बायोपिक बनाउने तयारी पनि गरिरहेका छन् । जसका लागि उनले रजनीकान्तसँग सम्झौता गरेर बायोपिकको अधिकार आफूले लिइसकेका छन् ।

साजिद निकट स्रोतका अनुसार उनी रजनीकान्तका ठूलो फ्यान हुन् । ‘धेरै कमलाई मात्र थाहा छ कि साजिद रजनीकान्तको अभिनयको ठूलो फ्यान मात्र होइनन्, रजनीकान्तको व्यक्तित्वको पनि फ्यान हुन् । उनको बुझाईमा रजनीकान्तको बस कन्डक्टरदेखि सुपरस्टारसम्मको यात्राको कथा विश्वले हेर्न लायक छ ।

साजिदले अहिले आफैं स्क्रिप्ट हेरिरहेका छन् र फिल्मका लागि दर्शक कसरी ल्याउने भन्ने तयारी पनि गरिरहेका छन्’, स्रोतले भनेको छ ।

साजिद फिल्मका लागि केही महिना यता रजनीकान्त र उनको परिवारको अनुमति लिनका प्रयासरत थिए । बायोपिकको काम सन् २०२५ बाट सुरु हुनेछ । फिल्मको स्क्रिप्ट फाइनल भइसकेपछि कास्टिङको काम सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?