बोरुसिया डर्टमुन्डले पीएसजीलाई हरायो

लोकपथ
0
Shares


काठमाडौं ।
युइएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमुन्डले अग्रता लिएको छ ।

बुधबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइनलाई १–० ले पराजित गरेको हो । डर्टमुन्डले पीएसजीमाथि जित निकाल्दा ३६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

जसका लागि निकलास फुलक्रुगले एकमात्र गोल गरेका थिए । निको श्लोटरबेकको पासमा गरेको गोलले अग्रता लिएको डर्टमुन्डले सोही अग्रता अन्तिमसम्म जोगाउँदै पहिलो लेगमा सफलता हात पारेको हो । दोस्रो लेग अर्को साता पीएसजीको मैदानमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?