तीन वटा संसदीय समितिको बैठक बस्दै

लोकपथ
78
Shares

काठमाडौं । आज बिहिबार तीन वटा संसदीय समितिको बैठक बस्दैछ । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।

बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शान्ति प्रक्रिया, सङ्क्रमणकालीन न्यायका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै, बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा राष्ट्रिय राजमार्ग र राष्ट्रिय गौरवका आयोजनाहरू र बुटवल–नारायणगढ सडक, नागढुङ्गा–मुग्लिन सडक, मुग्लिन–पोखरा सडकको बारेमा छलफल हुनेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक भने दिउँसो २ बजे बस्दैछ । बैठकमा सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथि छलफल हुँनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?