अबैध भन्सार छली ल्याएको मोबाईल डिस्प्ले बरामद

लोकपथ
112
Shares

बाँके । प्रहरीले अबैध भन्सार छली ल्याएको मोबाईल डिस्प्ले बरामद गरेको छ ।

बाँकेको नेपालगंज उपमहानगरपालिका ४ बसपार्कस्थित कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका मोबाईल डिस्प्ले र ४०० पिस टच बरामद गरेको छ ।

प्रहरीले अन्दाजी आठ लाख बराबरको सामान बरामद गरेको हो । साथै आवश्यक कारबाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?