वेस्टइन्डिजविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

लोकपथ
169
Shares

काठमाडौं । वेस्टइन्डिज ए विरुद्धको तेस्रो टी-२० खेलमा नेपालले टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्टइन्डिज ए का कप्तान रोश्टन चेशले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालको कप्तानी भने दीपेन्द्रसिंह ऐरीले गर्नेछन् ।

आजको खेलमा अघिल्ला खेलका कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, सोमपाल कामी र प्रतिश जिसीलाई आज विश्राम दिइएको छ ।

नेपालको प्लेइङ ११ :

लोकेश बम, विनोद भण्डारी, अनिल कुमार शाह, कुशल मल्ल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, विवेक यादव, करण केसी, सागर ढकाल र कमलसिंह ऐरी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?