दुई सय १६ किलो गाँजासहित दुईजना पक्राउ

लोकपथ
0
Shares

बारा । दुई सय १६ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

निजगढ नगरपालिका-१० स्थित सडकबाट अवैध लागुऔषध गाँजा २ सय १६ किलोसहित जितपुरसिमरा उपमहानगरपालिका(२ बस्ने ३२ वर्षीय आकाश लामासहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।

अस्थायी प्रहरी पोष्ट रतनपुर र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको संयुक्त टोलीले रतनपुरबाट निजगढतर्फ जाँदै गरेको ना.५ ख ७५५२ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा रहेको ७ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक लामा समेत २ जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?