भोजपुरका अग्निपीडित परिवारलाई नगद हस्तान्तरण

लोकपथ
104
Shares

भोजपुर । भोजपुरका दश अग्निपीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । पीडितपरिवारलाई विदेशमा रहेका नेपालीबाट सङ्कलित दुई लाख ८३ हजार आठ सय १० हस्तान्तरण गरिएको हो ।

गत चैत ३ गते भोजपुर नगरपालिका–१२ टक्सारका पाँच परिवार र वैशाख ११ गते सोही नगरपालिका–८ पोखरेका पाँच परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।

कोशी प्रदेशसभा सदस्य विनोद वान्तावाले पीडितलाई प्रतिपरिवार २८ हजार तीन सय ७१ का दरले राहत हस्तान्तरण गरेका छन् । हङ्कङ–भोजपुर सेवा समाजका अध्यक्ष इन्द्रराज श्रेष्ठको पहलमा रकम सङ्कलन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?