जबरजस्ती करणी गरेको अभियोगमा विभिन्न स्थानबाट दुईजना पक्राउ

लोकपथ
234
Shares


काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा विभिन्न स्थानबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रूपन्देही जिल्ला तिलोत्तमा नगरपालिका-२ जन प्रियपथ बस्ने ४८ वर्षीय पुरूषोत्तम भट्टराईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

भट्टराईले ती बालिकालाई २०८० फागुन १६ गते ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका-३ खौमा बस्ने ६१ वर्षीय लक्ष्मी प्रसाद फाजुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

फाजुले ती बालिकालाई पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?