बझाङको मतगणना अन्तिम चरणमा, एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा

लोकपथ
2k
Shares

काठमाडौं । बझाङ प्रदेश सभा १ ‘क’ मा भएको उपनिर्वाचनमा जारी मतगणनामा एमालेले अग्रता लिएको छ ।

बझाङमा मतगणना अन्तिम चरणमा आईपुग्दा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा भइरहेको छ ।

गणना अन्तिम चरणमा पुग्दा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।भण्डारीले ११ हजार१०३ मत प्राप्त गरेका छन् भने कांग्रेसका अभिषेक सिंहले १० हजार ७६१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी माओवादी केन्द्रका जनकबहादुर बुढा ३७९७ मतसहित तेस्रो स्थानमा रहेका छन् यस्तै एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंह २५१० मतसहित चौथो स्थानमा छन् ।

बझाङमा अब साईपाल गाउँपालिकाको मात्रै मत गणना गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?