भोजपुरको आमचोकमा जिप दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

लोकपथ
624
Shares

काठमाडौं । भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ तारकुवामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा आमचोक गाउँपालिका–१० की २७ वर्षीया रुँगा राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले लोकपथलाई जानकारी दिए । उनको घटनास्थलमै मृत्यु भएको हो ।

बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप अनियन्त्रीत भइ दूधकोशी नदी किनारमा दुर्घटना भएको हो ।

घाइतेहरुलाई स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र घाइतेहरुको नामावली र अवस्था खुल्न नसकेको प्रहरी निरीक्षक राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?