धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ

लोकपथ
78
Shares

काठमाडौं । धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङ् राप्ती गाउँपालिका वडा नं -०३ घर भएका ३५ वर्षीय निम बहादुर घर्तीमगर हरेका छन् ।

उनले स्याङ्जा जिल्ला वालिङ नगरपालिका वडा नं-१३ बायांटारी स्थित मुक्ति सारूको घरमा डेरा गरी बस्ने २० वर्षीय आयुष चौधरीलाई चक्कु प्रहार गरेको भन्ने सुचनाका आधारमा घर्तीमगरलाई वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट खटिएको प्रहरीले हिजो (आइतबार)पक्राउ गरेको हो ।

गम्बिर घाइते भएका चौधरीको प्राथमिक स्वास्थ्य केन्द्र वालिङ्मामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बधमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?