इलाम-२ मा सुहाङलाई तीन हजार बढीको अग्रता

लोकपथ
247
Shares

काठमाडौं । इलाम-२ मा भएको उपनिर्वाचनको जारी मतगणनामा एमालेका सुहाङ नेम्वाङले मतान्तर ३ हजारभन्दा बढी मतका साथ अग्रता बनाएका छन् ।

सुहाङ नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा ३३५७ मतले अगाडि छन् ।

सुहाङले १० हजार ४१९ मत पाएका छन् भने उनलाई नेपाली कांग्रेसका डम्बर खड्काले ७ हजार ६२ मतसहित पछ्याइरहेका छन् ।

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ५ हजार ७५३ मतसहित तेस्रो स्थानमा छन् ।

यस्तै रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ४५१ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?