डलर स्थिर, पाउण्ड र युरोको भाउ घट्यो

लोकपथ
0
Shares


काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ । डलरको मूल्य शनिबारदेखि स्थिर छ ।

आज युरो एकको खरिद दर १४२ रुपैयाँ २८ पैसा र बिक्री दर १४२ रुपैयाँ ९३ पैसामा झरेको छ । आइतबार युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसामा कारोबार भएको थियो ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ १९ पैसा र बिक्री दर १६६ रुपैयाँ ९४ पैसा रहेको छ । आइतबार पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५१ पैसा र बिक्री दर १६७ रुपैयाँ २६ पैसामा कारोबार भएको थियो ।

आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसामा कारोबार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?