बझाङ प्रदेशसभा–१ मा कांग्रेसलाई अग्रता

लोकपथ
208
Shares

बझाङ । बझाङ प्रदेशसभा–१ मा भएको उपनिर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता बनाएका छन् ।

सुरुवाती परिणाममा नेकपा एमालेका दमनबहादुर भण्डारीले फराकिलो अन्तर बनाएपनि सोमबार बिहानसम्मको परिणाममा कांग्रेसका सिंह अगाडि लागेका हुन् । कांग्रेस उम्मेदवार सिंहले ८ हजार २२७ मत पाएका छन् भने एमालेका भण्डारीले ७ हजार ९७४ मत पाएका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ३३, नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १७२, राप्रपाका किशोरकुमार खड्काले २०२, जनता समाजवादी पार्टीका रामबहादुर जाग्रीले ३९, जनमत पार्टीकी शुशिलादेवी विष्टले २१, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाहीले १५ मत पाएका छन् ।

छ वटा पालिका रहेको यो क्षेत्रको उपनिर्वाचनमा ३० हजार ३२८ मत खसेको छ । अहिलेसम्म २० हजारभन्दा बढी मत गणना भइसकेको छ । यसपटक यहाँ ११ दलका उम्मेदवार थिए । २०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

कांग्रेस उम्मेदवार सिंह उनकै छोरा हुन् । गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका सिंह १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?