जर्मनीको ८ गोलमा स्टोनिया स्तब्ध


प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार ०५:४६

एजेन्सी । युरो कप छनोटको खेलमा जर्मनीले स्टोनियालाई ८–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।

युरो कप छनोटको समुह सीको खेलमा पुर्व विश्व विजेता टोली जर्मनीले फराकिलो अन्तरको जित हासिल गरेको हो । जर्मनीको जितमा मार्को रिउसले दुई तथा सर्ज गनाब्रीले समान दुई दुई गोल गरे । अन्य गोल लियोन गोरोत्जका, इल्के गुन्डोगोन, टिमो वर्नर र लिरो सानेले गरे ।

जर्मनीले सुरुवाती तीन खेलमा जित निकाल्न सफल भएको छ । जर्मनी शीर्ष स्थानको नर्दन आयरल्याण्ड भन्दा तीन अंकले पछाडी छ । अर्को खेलमा आयरल्याण्ड टोलीले बेलारुसमाथि १-० को जित निकालेको थियो ।

जर्मनी ३ खेलबाट ९ अंक सहित दोस्रो स्थानमा छ । नर्दन आयरल्याण्ड १२ अंक सहित शीर्ष स्थानमा छ । बेलारुस अंक विहिन हुदै चौथो र स्टोनिया तालिकाको पुछारमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस
लेक लागेर पर्यटकको मृत्यु

मेरापिक क्षेत्रमा लेक लागेर आज एक पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा

जुम्लामा यात्रुबाहक बस दुर्घटना: एकको मृत्यु, पाँच जना घाइते

काठमाडौं । कालीकोटको तिला गुफा नगरपालिका–१, नाग्ममा बस दुर्घटनामा एक जनाको मृत्यु भएको

मनसुनी गतिविधि बिहीबारसम्म जारी रहने, उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाण्डौं । मनसुनी न्यूनचापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले जारी वर्षा

थापाथली अस्पतालको हाताभित्र रहेको अक्सिन प्लान्टमा विस्फोट, दुई जना घाइते

काठमाडौं | थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको हाताभित्र रहेको अक्सिजन प्लान्टमा विस्फोट