उपनिर्वाचन : बझाङमा एमालेको सुरुवाती अग्रता

लोकपथ
221
Shares

काठमाडौं । बझाङको प्रदेशसभा उपनिर्वाचन मतगणना जारी रहँदा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।

४०३ मत गणना हुँदा एमालेका दमन भण्डारीले १५७ मत पाएका छन् भने नेपाली कांग्रेसका अभिषेक सिंहले १३२ मत ल्याएका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५१ मत ल्याएर तेस्रो स्थानमा छन् भने नेकपा माओवादी केन्द्रका जनक बुढाले ४७ मत पाएका छन् ।

त्यसैगरी राप्रपाका किशोर खड्काले ३ र स्वतन्त्र उम्मेदवार कमलराज घर्तीले १ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?