सिरहाका १३ पालिका दमकलविहीन

लोकपथ
91
Shares

सिरहा । यहाँका १७ पालिकामध्ये चार पालिकामा मात्र दमकल रहेका छन् । नेपाल रेडक्रस सोसाइटीका अनुसार जिल्लाका चार नगरपालिकामा मात्र दमकल सेवा रहेको छ ।

हान, सिरहा, गोलबजार र मिर्चैया नगरपालिकामा मात्र दमकल सेवा उपलब्ध रहेको रेडक्रस जिल्ला शाखाका सभापति राजदेव यादवले जानकारी दिए । आगलागीका घटनामा ठूलो धनजनको क्षति हुँदै भए पनि दमकल खरिदमा जिल्लाका पालिकाले चासो दिन नसकेको उनको भनाइ छ ।

सहरी क्षेत्रको आगलागी नियन्त्रणमा प्रयोग हुने सबैभन्दा उपयोगी साधन दमकल भए पनि यहाँका नौवटै गाउँपालिकामा दमकल छैन भने बाँकी चार नगरपालिका पनि दमकलविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणले पनि सहरी क्षेत्रका घरमा हुने आगलागीका ९५ प्रतिशत घटना दमकलको सहयोगमा नियन्त्रणमा आएको देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?