वेस्ट इन्डिज ‘ए’ द्वारा नेपालसामु १६१ रनको लक्ष्य प्रस्तुत

लोकपथ
299
Shares

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो मैत्रिपूर्ण टी–२० प्रतियोगितामा नेपाललाई वेस्ट इन्डिज ‘ए’ ले १६१ रनको लक्ष्य दिएको छ ।

टस जितेर व्याटिङमा उत्रीएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित ओभरको खेल सकिँदा ७ विकेटको क्षतिमा १६० रनको योगफल बनाएको हो ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा वेष्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए । कप्तान रोस्टन चेज २३, केसी काटी १०, जोनसन चार्ल्स ११ र एलिक अथान्ज ६ रनमा आउट भएका थिए ।

गुडाकेश मोती ८ बलमा ३१ र म्याथ्यु फर्ड ६ बलमा ११ रनमा अविजित रहे । वेष्ट इन्डिज ‘ए’ ले पछिल्लो दुई ओभरमा ४१ रन जोड्यो ।

यस्तै नेपालका स्पिनर सागर ढकालले २ विकेट, कुशल भुर्तेलले २ विकेट, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए । पाँच खेलको सिरिजमा नेपाल १९० ले अघि छ । शनीबार भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?