दुई थान पेस्तोलसहित भारतीय पक्राउ


प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलवार १६:१२

विराटनगर-दुई थान पेस्तोल र गोलीसहित एक जना भारतीय नागरिकलाई प्रहरीले विराटनगर क्षेत्रबाट पक्राउ गरेको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार भारत विहार सितामढी ग्राम पञ्चायत थान बैरगनिया–७ घर बताउने अन्दाजी २० वर्षीय कुनाल कुमारलाई विराटनगर–९ स्थित एक होटलवाट  सोमबार राति पक्राउ गरेको हो  ।

    जिल्ला प्रहरी कार्यालय मोरङलाई आएको गोप्य सूचनाको आधारमा जाँच गर्ने क्रममा अटोमेटिक पेस्तोल थान–१, सोही पेस्तोलको म्याग्जिन थान–१, म्याग्जिनमा लोड भएको गोली चार राउण्ड, कटुवा पेस्तोल थान–१, पेस्तोलमा लोड भएको गोली १ राउण्ड र निजले लगाएको पाइन्टको गोजीबाट कटुवा पेस्तोलमा लाग्ने ३ राउण्ड गोली बरामद गरिएको थियो । निज कुनाललाई मुलुकी फौजदारी अपराध संहिता ऐन २०७४ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले आज जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस
लेक लागेर पर्यटकको मृत्यु

मेरापिक क्षेत्रमा लेक लागेर आज एक पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा

जुम्लामा यात्रुबाहक बस दुर्घटना: एकको मृत्यु, पाँच जना घाइते

काठमाडौं । कालीकोटको तिला गुफा नगरपालिका–१, नाग्ममा बस दुर्घटनामा एक जनाको मृत्यु भएको

मनसुनी गतिविधि बिहीबारसम्म जारी रहने, उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाण्डौं । मनसुनी न्यूनचापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले जारी वर्षा

थापाथली अस्पतालको हाताभित्र रहेको अक्सिन प्लान्टमा विस्फोट, दुई जना घाइते

काठमाडौं | थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको हाताभित्र रहेको अक्सिजन प्लान्टमा विस्फोट