आगोले जलेर एक जनाको मृत्यु

लोकपथ
117
Shares


धादिङ । आगोले जलेर एक जनाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका-३ चौफाँट बस्ने ६७ वर्षीय हरी बहादुर तामाङको आगोले जलेर शनिबार दिउँसो मृत्यु भएको हो ।

आफ्नै बारीमा पात पतिङ्गर जलाउने क्रममा निजको शरीरमा आगो सल्किएर उनको जलेर मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?