जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ

लोकपथ
520
Shares

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

टोखा नगरपालिका-९ सृजना टोल बस्ने ४९ वर्षीय हरि श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसमेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १३ हजार ५ सय रूपैयाँ, जुवा खेल्न प्रयोग गरिएका विभिन्न क्वाइन १ सय ९ थान र ४ बुक ताससहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?