शौचालयको छत भत्कियो, ४ बालबालिकाको मृत्यु

 दार्चुलाको एक विद्यालयमा शौचालय भत्किँदा ४ बालबालिकाको मृत्यु भएको छ ।

जिल्लाको नौगाड गाउँपालिका ४ सिप्टीको  गणेश विनायक माविको शौचालयको छत भत्किँदा चार जना विद्यार्थीको मृत्यु भएको प्रहरीले जनाएको छ । शौचालयको छतले पुरिएको अवस्थामा ४ बालबालिकाको शव फेला परेको थियो ।

 मृतकको सनाखत हुन बाँकी छ । 

घटनास्थलमा प्रहरीले खोजी कार्य जारी राखेको छ । प्रहरीका अनुसार अरु शब पनि पुरिएको हुनसक्ने आशंकामा स्थानीय र प्रहरीले खोजी रहेका छन् । थप विवरण आउन बाँकी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?