पूँजीबजारमा झिनो सुधार

काठमाडौं । सोमबार ओरालो लागेको कारोबार मापक नेप्से परिसूचकमा आज झिनो अङ्कले सुधार देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ० दशमलभ १७ बिन्दुले बढेर एक हजार २७५ दशमलभ ९८ अङ्कमा थामिएको छ । यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलभ ४० बिन्दुले बढेर २७२ दशमलभ ८६ अङ्कमा पुगेको छ । 

स्टकका अनुसार मङ्गलबार कूल १७४ कम्पनीका १५ लाख नौ हजार ८८५ कित्ता शेयर  ४८ करोड आठ लाख ७६ हजार ९८६ मा खरीद बिक्री भए । कारोबार भएका १२ उपसमूहमध्ये छ उपसमूहको शेयरमात्र बढ्यो ।

बैंकिङ २ दशमलभ २६, व्यापार ७ दशमलभ ६९, विकास बैंक ३ दशमलभ १७, जलविद्युत् ४ दशमलभ ६६ र लघुवित्त ३ दशमलभ ५८ बिन्दुले बढ्दा म्युचुअल फण्ड शून्यमा रह्यो भने होटल ५ दशमलभ ५१, वित्त १ दशमलभ ३, निर्जीवन बीमा ४८ दशमलभ ३१, उत्पादन ५ दशमलभ १८ र जीवनबीमा १ दशमलभ १ बिन्दुले घटे । 

स्टकका अनुसार आज शिवम् सिमेन्टको शेयर तीन करोड ७८ लाख २४ हजार ५२७ मा कारोबार भई शीर्ष स्थानमा रह्यो । त्यस्तै एनआईसी एसिया दुई करोड ७४ लाख ५५ हजार ७४५, कृषि विकास बैंक  दुई करोड ५९ लाख ६७ हजार २९७, नेपाल बैंक  दुई करोड ४९ लाख ४२ हजार ८५५ र प्रभु बैंकको  एक करोड ४५ लाख ४८ हजार ५७९ मा कारोबार भइ अग्रस्थानमा रहे । 

यसैगरी पाँचथर पावर कम्पनीका शेयर धनीले ९ दशमलभ ५२ प्रतिशतले कमाए ।

खानीखोला हाइड्रोपावर ९ दशमलभ २३, सिनर्जी पावर डेभलपमेन्ट ७ दशमलभ ६९, माउन्टेन हाइड्रो नेपाल लिमिटेड ७ दशमलभ ०० र नाग्दी ग्रुप पावर लिमिटेडका शेयरधनीले ६ दशमलभ ७२ प्रतिशतले कमाउँदा नेपाल हाइड्रो डेभलपर्सका शेयर धनीले ९ दशमलभ ६१, व्लर्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ५ दशमलभ ०५, गुह्वेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स ४ दशमलभ ४७, सूर्योदय लघुवित्त वित्तीय संस्था ४ दशमलभ ४३ र युनाइटेड मोदी हाइड्रोपावरका शेयरधनीले ४ दशमलभ २७ प्रतिशतले गुमाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?