डुङ्गा दुर्घटनामा सात आप्रवासीको मृत्यु


प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलवार १०:३५

एजेन्सी । ग्रिकको लेस्बोस द्वीपमा आप्रवासी सवार रहेका एक डुङ्गा दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको तटीय सुरक्षाकर्मीले जानकारी दिएका छन् ।

मारिएका व्यक्तिहरुमा चार महिला, एक पुरुष र दुई युवती छन् । खोजीका क्रममा यस दुर्घटनामा परेका अरु ५७ व्यक्तिलाई जीवितै उद्धार गरिएको तटीय सुरक्षाकर्मीले जानकारी दिएको छ ।
डुङ्गामा सवार आप्रवासी कुन देशका हुन् भन्ने प्रष्ट भइसकेको छैन । 

भूमध्यसागर पार गरेर युरोप पुग्ने क्रममा यस वर्षको शुरुदेखि हालसम्म ३०० भन्दा बढी शरणार्थी र आप्रवासीहरु मारिएका इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन आइओएम ले जनाएको छ ।
ग्रिसले सन् २०१५ देखि हालसम्म ७० हजार सिरियाली शरणार्थीलाई शरण दिइसकेको र ती शरणार्थीहरु छिमेकमा पर्ने देश टर्की पार गर्दै त्यहाँ आइपुगेका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस
लेक लागेर पर्यटकको मृत्यु

मेरापिक क्षेत्रमा लेक लागेर आज एक पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा

जुम्लामा यात्रुबाहक बस दुर्घटना: एकको मृत्यु, पाँच जना घाइते

काठमाडौं । कालीकोटको तिला गुफा नगरपालिका–१, नाग्ममा बस दुर्घटनामा एक जनाको मृत्यु भएको

मनसुनी गतिविधि बिहीबारसम्म जारी रहने, उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाण्डौं । मनसुनी न्यूनचापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले जारी वर्षा

थापाथली अस्पतालको हाताभित्र रहेको अक्सिन प्लान्टमा विस्फोट, दुई जना घाइते

काठमाडौं | थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको हाताभित्र रहेको अक्सिजन प्लान्टमा विस्फोट