उपनिर्वाचन : इलाम-२ मा एक घण्टापछि मतगणना सुरु

लोकपथ
416
Shares

विराटनगर । ११ बजेदेखि सुरु गर्ने भनिएको इलाम २ को उपनिर्वाचनको मतगणना एक घण्टापछि सुरु भएको छ । फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ र २ नम्बर वडाबाट मत गणना सुरु भएको हो । सिटी हलमा गणना सुरू भएको छ ।

सर्वदलीय बैठकले क्रमशः फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ, माई, देउमाई, इलामको वडा नम्बर १ देखि गणना सुरु गर्ने निर्णय गरेको छ ।

मतगणना दुई स्थानबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?