राष्ट्रपति पौडेलद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

लोकपथ
104
Shares

काठमाडौं । लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् ।

अन्तर्राष्ट्रिय लगानीका लागि बाधक र झन्झटिलो प्रक्रियालाई सरल र सहज बनाउन सरकारले सिफारिस गरेबमोजिम राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका छन् ।

लगानी सम्मेलनका पूर्व संध्यामा सरकारले ९ वटा ऐन संशोधनका लागि अध्यादेश सिफारिस गरेको थियो । संविधानको धारा ११४ (१) बमोजिम राष्ट्रपतिले आइतबार अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?