काङ्ग्रेसद्वारा बुर्लाकोटीको निधनप्रति दुःख व्यक्त


प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलवार ०८:४०

काठमाडौं । नेपाली काङ्ग्रेसले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ पार्टीका स्थानीय नेता राजाराम बुर्लाकोटीको निधनप्रति दुःख व्यक्त गरेको छ । 

काङ्ग्रेसले स्व बुर्लाकोटीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । पार्टीका क्रियाशील सदस्य बुर्लाकोटीको ५३ वर्षको उमेरमा उपचारको क्रममा आज निधन भएको हो ।  

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । यसअघि काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उनको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए । स्व बुर्लाकोटी नेपाल शिक्षक सङ्घमा आबद्ध रही शिक्षा क्षेत्रमा समेत योगदान पु-याउनुका साथै काङ्ग्रेसले सञ्चालन गरेको हरेक आन्दोलनमा सक्रिय सहभागिता जनाएका पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस
उपचारका लागि प्रचण्ड अस्पतालमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड दाँतको उपचारको क्रममा ललितपुर स्थित

कञ्चनपुरमा बसले ठक्कर दिँदा एकको मृत्यु

काठमाडौं । कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग

दल दर्ताका लागि आयोगले दिएको समय सकियो, २१ दलले दिए निवेदन

काठमाडौं  –  आगामी उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित २१ वटा

सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्य गर्छौं : मन्त्री विष्ट

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सबै क्षेत्रमा काम गर्ने