मेमे नेपालका सञ्चालक प्रनेश गौतम पक्राउ


प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलवार ०८:०९

काठमाडौं । युटुब मार्फत फिल्म क्षेत्रको बदनाम गरेको अभियोगमा मेमे नेपालका सञ्चालक भक्तपुर बालकोट बस्ने सुनसरी धरान उपमहानगरपालिका -१४ बिजयनगरका २४ वर्षीय प्रनेश गौतमलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

मिलन चाम्लिङ राईले निर्देशन गरेको नेपाली कथानक चलचित्र वीरबिक्रम २ को प्रचार प्रसार गरीदिन्छु भन्ने कुराकानीमा निर्देशक राईले नमाने पश्चात प्रनेश समेतले निर्देशक तथा कलाकारको मानप्रतिष्ठामा खलल पुर्‍याउने, चलचित्रको ब्यापार ब्यबसायमा घाटा पुर्‍याउने, गाली गलौज गर्ने र चलचित्रको बदनाम समेत गरेको भनि निर्देशक राईको जाहेरीको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले प्रनेशलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।

उनलाई बिद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस
कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग

समृद्धिका लागि विज्ञान र प्रविधिलाई उत्पादनसँग जोड्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिलाई उत्पादनसँग जोडेर ‘समृद्ध नेपाल,

लाखौंलाई आँखाको ज्योति दिने डा. रूइतको जीवनी नेपालीमा आउँदै

काठमाडौं – विश्वविख्यात आँखा सर्जन डा. सन्दुक रूइतको जीवनी सन्दुक रूइत असोज ११

बाजुरामा एक महीनामा दुई करोडको मदिरा कारोवार

काठमाडौं । गरीबको हिसाबले सबैभन्दा पछाडि रहेको बाजुरामा एक महीनामा दुई करोडभन्दा बढीको