३ सय ३४ सांसदले ल्यापटप पाउँदै

सरकारले संघीय सांसदका सबै सदस्यलाई ल्यापटप बाँड्ने तयारी गरेको छ ।

सांसदलाई पेपरलेस बनाउने भन्दै लामो समयदेखि सुन्दै आएको यो कथन यो तयारीसँगै यथार्थ हुन लागेको हो । 

सांसदका लागि ल्यापटप खरीद गर्न अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेपछि  संघीय संसद सचिवालयले ३ सय ३४ जना सांसदलाई ल्यापटप उपलब्ध गराउने गरी गत १९ जेठमा बोलपत्र आह्वान गरेको छ । 

प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ सांसदले ल्यापटप पाउनेछन् ।

तर अझैपनि केहि सांसदलाई सहज रुपमा प्रविधी उपयोग गर्न कठिनाई हुने सांसद धेरै भएका कारण  क्षमता अभिवृद्धि शीर्षकमा छुट्याइने बजेटबाट  ल्यापटप प्रयोगसम्बन्धी सामान्य तालिम दिने योजना सचिवालयको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?