‘नेपालमा उत्पादित चिया गुणस्तरमा अब्बल छ, विश्व बजारमा फैलाउन जरुरी’

लोकपथ
52
Shares

काठमाडौं । कृषि, पशुपन्छी विकास मन्त्री ज्वालाकुमार शाहले नेपालमा उत्पादित चिया विश्व बजारमा फैलिदै गएको बताएकी छिन् ।

शनिबार २८औं चिया दिवसका अवसरमा शुभकामना सन्देश दिंदै चिया उत्पादनमा नेपाल पूर्ण आत्मनिर्भर नभइ भारतलगायत विश्वका देशहरुमा निर्यात बढाइरहेकोमा खुशी व्यक्त गरिन ।

आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा टेवा पुग्न गएको एवम चुलिंदो व्यापार घाटालाई न्यूनीकरण गर्न चियाले उल्लेख्य योगदान गरेको पनि मन्त्री शाहले बताइन ।

त्यस्तै राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निमित्त कार्यकारी निर्देशक डा.दीपक खनालले कृषि उपजहरु मध्ये आन्तरिक उपभोग र निर्यात व्यापारमा समेत उल्लेखनीय उपस्थिति जनाउने नेपाली चिया गुणस्तरमा अब्बल रहेको कुरा अन्तर्राष्ट्रिय चिया परीक्षण प्रतिस्पर्धामा अब्बल देखिएको प्रमाणीत भइसकेको बताए ।

‘रोपण क्षेत्र विस्तार, उत्पादकत्व बृद्धि, नयाँ प्रविधिजन्य प्रशोधन पद्धती एवम आकर्षक प्याकेजिक र बजारीकरणका माध्यमबाट नेपाली चियालाई अझै बलियो बनाउन सबैले दृढ संकल्प गर्नुपर्छ,’ खनालले भने ।

‘संस्कृति, कृषि, पर्यटन र औद्योगिकीकरण, नेपाली चियाको दिगो बजारीकरण’ भन्ने मूल नाराका साथ बैशाख १५ गते २८ औं राष्ट्रिय चिया दिवस मनाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?