उपनिर्वाचन : इलाम-२ बाट ‘एक्जिट पोल’ खडा गरी मत सर्वेक्षण गर्ने केही व्यक्ति पक्राउ

लोकपथ
754
Shares

काठमाडौं । इलाम क्षेत्र नं-२ को उपनिर्वाचनको जारी मतदानका क्रममा एक मतदान केन्द्रमा ‘एक्जिट पोल’ खडा गरी मत सर्वेक्षण गर्ने केही व्यक्ति पक्राउ परेका छन् ।

शनिवार दिउँसो मतदान भइरहेको बेला मतदान केन्द्रहरूमा पुगेका ‘एग्जिट पोल’ भन्ने संस्थाका व्यक्तिहरूले मतदाता प्रभावित पार्न खोजेपछि स्थानीय प्रशासनले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुले इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा मतदान केन्द्र बाहिर मतदानबाट फर्किएकाहरुलाई पुनः मतदान गर्न लगाएका थिए।

उनीहरूमाथि अनुसन्धान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?