रामोसको गोलमा स्पेनको शानदार जित

एजेन्सी । युरो कप छनोट फुटबल खेलमामा स्पेनले स्विडेनलाई ३–० ले पराजित गर्दै लगातार चौथो जित निकालेको छ ।

सोमबार राति भएको खेलमा स्पेनले स्विडेनलाई पराजित गर्दै लगातार चौथो जित निकाल्न सफल भएको हो । खेलको ६४ औ मिनेटमो रामोसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।उक्त गोल संगै रियल मड्रिडका डिफेन्डर रामोसले १ सय ६५ औ क्यापमा २० गोल गर्न सफल भएका छन् ।

८५ औ मिनेटमा अल्भारो मारोटाले गोल गर्दै स्पेनलाई दुई गोलको अग्रता दिलाएका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?