टस जितेर फिल्डिङ गर्दै नेपाल

लोकपथ
156
Shares

काठमाडौं । वेस्ट इन्डिजको ‘ए’ सँगको टी–२० सिरिजको पहिलो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । टियु क्रीकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपाल र वेष्ट इण्डिजबीच टी–२० खेलको शृङ्खलाको पाँच खेल हुने छ ।

नेपाल क्रिकेट संघ (क्यान) को तालिका अनुसार शृङ्खलाका सबै खेल कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै खेलाइने छ । दोस्रो खेल आइतबार, तेस्रो मे १, चौथो मे २ र पाँचौँ खेल मे ४ तारिखमा हुने छ ।

क्यानले वेष्ट इण्डिज ‘ए’ सँग खेल्ने १६ सदस्यीय नेपाली टोलीको घोषणा बिहीबार नै गरिसकेको थियो भने टोलीमा शुक्रबार थप चार सदस्य थपिएर २० सदस्य पुगेको छ ।
आज रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोली मैदानमा उत्रिदा वेष्ट इण्डिजको कप्तानी रोस्टन चेजले गर्दैछन्।

नेपाली टोलीका कप्तान पौडेलले एसिसि प्रिमियर कपमा टोलीले गरेको प्रर्दशन निराशाजनक भएको स्वीकार्दै वेष्ट इण्डिजको ‘ए’ टोली सँगको पाँच शृङ्खलामा उत्कृष्ट प्रर्दशन गर्ने बताएका छन् ।

आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा वेष्ट इण्डिजको ‘ए’ टोलीसँग अभ्यास खेल आजबाट खेल्न लागेको हो। पहिलो पटक नेपाल भ्रमणमा मैत्रिपूर्ण खेल खेल्न आएको वेष्ट इण्डिजले पनि आगामी टी–२० विश्वकप खेल्दै छ।

आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इण्डिजमा आयोजना हुँदैछ।

नेपालले पहिलो खेलमा अनिलकुमार शाह र कमल ऐरीले अवसर पाएका छन् । भने करण केसी, सोमपाल कामी, आसिफ शेख र सन्दीप जोरा बेन्चमा छन् ।

नेपाली टीमः

कुशल भुर्तेल, अनिलकुमार शाह, विवेक यादव, कुशल मल्ल, रोहित पौडेल९कप्तान०, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, कमलसिंह ऐरी, ललित राजवंशी, अभिनाव बोहरा र प्रतिश जिसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?