इलाममा २२ र बझाङ्गमा १५ प्रतिशत मतदान भयो : प्रमुख आयुक्त थपलिया

लोकपथ
195
Shares

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले इलाम र बझाङ्गमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको बताएका छन् ।

प्रमुख आयुक्त थपलिया आज बिहानैदेखि आयोगका सचिव र सुरक्षा अधिकारीहरुसहित बसेर दुवै क्षेत्रका निर्वाचनलाई पर्यवेक्षण गरिरहेका छन् ।

केहीबेरअघि थपलियाले भने— ‘अहिलेसम्म इलाममा करिब २२ प्रतिशत मत खसिसकेको छ भने बझाङ्गमा १५ प्रतिशत मत खसिसकेको छ । ०७९ को प्रतिनिधि सभा निर्वाचनकै हाराहारीमा मत खस्ने अपेक्षा गरिएको छ ।’

उपनिर्वाचनमा मतदाताको सुविधाका लागि सबै प्रवन्ध गरिएकाले उत्साहजनक रुपमा मतदान भैरहेको र राम्रोसँग सम्पन्न हुनेमा आफू विश्वस्त रहेको प्रमुख आयुक्त थपलियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?