उपनिर्वाचन : इलाममा मतदान केन्द्रभित्रै नक्कली मतदान, प्रहरीद्वारा सामग्री जफत

लोकपथ
754
Shares

काठमाडौं । इलाम-२ मा जारी उपनिर्वाचनमा एक्जिट पोलको नाममा मतदान केन्द्र नजिकै अर्को मतदान गराएको पाइएपछि प्रहरीले एक्जिट पोल गराउने सामाग्री जफत गरेको छ ।

महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको मतदान केन्द्रभित्रै नक्कली मतपत्र तयार गरी मतदान गराएको पाइएपछि केही सामग्रीहरू बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले मतदातालाई नक्कली मतपत्रमा छाप हाल्न लगाउने समूहको त्यहाँ प्रयोग गरीएका कागजात, नक्कली मतपत्र र नक्कली मतपेटिका जफत गरेको हो ।

प्रहरीका अनुसार क्याम्पसकै होस्टेलमा बसोबास गर्ने ४ जना महिला विद्यार्थीहरुलाई प्रतिव्यक्ति १५०० दिएर नक्कली मतपत्रमा छाप हाल्न लगाउने र नक्कली मतपेटिकामा सो कागज खसाल्न लगाउने गरेको पाइएको छ ।

सो समूहले मतदान गरेर फर्किंदै गरेकाहरुलाई मतदान केन्द्रभित्र पुनस् मतदान गर्न लगाएको थियो । यो काम २ घण्टासम्म सञ्चालन भएको पाइएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?