राप्रपा नेता श्रेष्ठमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका बम रिहा

लोकपथ
98
Shares

काठमाडौं। राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका नीराजन बम रिहा भएका छन्।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले म्याद थप नगरेपछि उनी रिहा भएका हुन्।

बमलाई बिहीबार प्रहरीले पक्राउ गरेर प्रहरी वृत्त महाराजगन्जमा राखेको थियो ।

बमविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा मुद्दा चलाउन म्याद थप गर्न अदालतमा शुक्रबार उपस्थित गराए पनि म्याद नपाएसँगै उनी शुक्रबार नै रिहा भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?