३ आश्विन २०७८, आईतवार

अण्डा पार्न थाले दुर्लभ डंगर गिद्धले

२०७४,कार्तिक,१३,सोमवार ०६:४२


चितवन, १३ कात्तिक चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध प्रजनन केन्द्रमा रहेका दुर्लभ डंगर गिद्धले अण्डा पार्न थालेका छन् गत वर्ष १५ वटा गिद्धले अण्डा पारेका थिए भने यस वर्ष एउटा गिद्धले अण्डा पारिसकेको छ । नोभेम्बर/डिसेम्बर महिनामा अण्डा पार्ने भए पनि यस वर्ष केही छिटो अण्डा पारेको हो चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार केन्द्रमा ५७ वटा गिद्ध रहेका छन् । गत वर्ष १५ वटा अण्डा पारेको भए पनि नौ वटाबाट मात्रै बच्चा कोरलिएका थिए । तीमध्ये आठ वटा जीवितै रहेका छन् केन्द्रमा २५ वटा भाले र २४ वटा पोथी गिद्ध रहेको खड्काले जानकारी दिए । आठ वटा बच्चाको लिङ्ग पहिचान हुन सकेको छैन । गिद्धको डिएनए परीक्षणबाट मात्रै भालेपोथी छुट्याउन सकिने उनले बताए । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनमा डिएनए परीक्षण गरी लिङ्ग पहिचान गरिँदै आएको छ चितवन राष्ट्रिय निकुञ्जमा सन् २००७ बाट डंगर गिद्ध संरक्षण थालिएको हो । यहाँ संरक्षण गरी हुर्किएका गिद्धलाई क्रमशः प्रकृतिमा छोड्ने योजना रहेको छ । सरकारले सन् २०१६ बाट सन् २०१९ सम्ममा १९ वटा संरक्षण गरी राखिएका गिद्धलाई प्रकृतिमा छाड्ने योजना बनाएको थियो । यद्यपि ढिलागरी सन् २०१६ मा छाड्ने भनिएको छ वटा गिद्ध गत वैशाख २ गते नवलपरासीमा रहेको जटायु रेस्टुराँ नजिक खोर निर्माण गरी राखिएको छ । तिनीहरुलाई प्रकृतिमा रहेका गिद्ध सँगसँगै खाने व्यवस्था गरिएको छ जसका कारण उनीहरुलाई प्राकृतिकरुपमा कसरी खाना खाने र प्रकृतिसँग घुलमिल हुने भन्नेबारेमा सिक्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए । आगामी नोभेम्बरमा जटायु रेस्टुराँमा रहेका छ वटा गिद्धलाई प्रकृतिमा खुला छाडिने योजना रहेको छ । तिनीहरुलाई छाडिसकेपछि पुनःप्रजनन केन्द्रबाट पाँच वटा गिद्ध जटायु रेस्टुराँ लगिने कँडेलले जानकारी दिए सन् २०१७ मा पाँच वटा, सन् २०१८ र २०१९ मा चार/चार वटागरी १९ वटा गिद्ध प्रकृतिमा छाड्न लागिएको हो । प्रकृतिमा छाड्ने गिद्धलाई रेडियो कलरसमेत जडान गरिएको छ । अति संकटापन्न अवस्थामा रहेको डंगुर जातको गिद्धको संख्या बढाउन संरक्षण कार्यलाई तीव्रता दिइएको छ । विश्वमानै पहिलोपटक प्रकृतिमा लोप हुन लागेको गिद्ध खोरमा हुर्काएर प्रकृतिमा छाड्न लागिएको हो ।

प्रकाशित मिति: २०७४,कार्तिक,१३,सोमवार ०६:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

रेडपाण्डाका छालासहित एक युवक पक्राउ
 २०७८,आश्विन,३,आईतवार २१:०१