पूर्वी नाकामा गौतमबुद्धको मूर्ति बन्ने

नेपालको पूर्वी सिमाना काँकडभिट्टाको प्रवेशद्वारमा गौतम बुद्धको मूर्ति स्थापना गरिने भएको छ ।

मितेरी पुल निर्माणसँगै पुलकै छेउमा झर्नासहित नमस्ते मुद्रामा गौतमबुद्धको मूर्ति निर्माण गरिने भएको हो ।

मेचीनगर नगरपालिका र प्रदेश नं– १ को सरकारको संयुक्त लगानीमा पूर्वी प्रवेशद्वारमा उक्त मूर्ति स्थापनाका लागि तयारी गरिएको नगर उपप्रमुख मीना उप्रेतीले बताए । पूर्वी नाकाबाट दैनिक सयौं पर्यटक नेपाल भित्रिने भएकाले भगवान् बुद्वको मूर्ति स्थापना गर्न लागिएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?