नेपाली स्याट–१ ले असार २ देखि पृथ्वीको परिक्रमा गर्ने


प्रकाशित मिति : २७ जेष्ठ २०७६, सोमबार ०९:२०

नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ ।

जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो । डेढ महीनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूउपग्रहले असार २ देखि पृथ्वीको कक्षमा आई परिक्रमा गर्न लागेको हो ।

नास्टमा ग्राउण्ड स्टेशन निर्माणको काम जेठ २७ गतेसम्ममा सकिने र नेपाली समयानुसार सो दिन उक्त भूउपग्रह पृथ्वीमा छाडिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए । “नाष्टको श्रोतागण कक्षबाट उक्त दिन साढे १२ बजेदेखि कार्यक्रम शुरु हुनेछ । भू उपग्रह प्रक्षेपण गरेको समय नाष्टले प्रत्यक्ष प्रसारण देखाउनेछ”, ढकालले भने, “जापानबाट जापानी अन्तरिक्ष अन्वेषण संस्था (जाक्सा) का दुई जना विज्ञ नेपाल आउने तयारी भइरहेको छ ।”

त्यस दिन २० मिनेटको अन्तरमा पहिला नेपालको नेपाली स्याट–१ त्यसपछि श्रीलङ्काको रावन–१ अन्तिममा जापानको युवुसु भूउपग्रह प्रक्षेपण हुने बताइएको छ । डेढ महीनाअघि नै उक्त भूउपग्रह ४०० किलोमिटर माथि आकाशबाट अन्तरिक्ष यान पृथ्वीको सतहमा जोडिन सफल भइसकेको छ । जाक्साले सो भूउपग्रह निर्माणका लागि नमूना तयार गरी सफल बनाएको नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले बताए ।

सो प्रविधि सुरक्षित रहन पृथ्वीको गुरुत्वाकर्षणबाट जोगिनुपर्ने हुन्छ । यस भूउपग्रहको आयु तीन महीनादेखि तीन वर्षसम्मको हुनेछ । सरकारले नेपालमा सन् २०१७ देखि उक्त भूउपग्रह निर्माणको योजना अघि बढाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस
पीओएसमा भिजा कार्डले काम गर्न थाल्यो, कसरी लिने त भुक्तानी ?

काठमाडौं । अबबाट पीओएस मेसिनमा भिजा कार्डले पनि काम गर्ने भएको छ ।

अमेरिकी प्रतिबन्धपछि पनि हुवावे निकै बलियो

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ प्रविधि कम्पनी हुवावेलाई अमेरिकी प्रविधि प्रयोग

दशैँ तिहारको अवसरमा वल्र्ड लिङ्कले ल्यायो यस्तो अफर

काठमाडौं । इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक वल्र्ड लिंक कम्युनिकेशनस् लिमिटेडले दशैँ र

नेपाल टेलिकमको ‘मिस्ड कल अलर्ट’ सुविधा के हो, कसरी सुचारु गर्ने ? हेर्नुस्

काठमाडौं । नेपाल टेलिकमले मोबाइलमा नेटवर्क नहुने वा ब्याट्री सकिएर मोबाइल स्वीच अफ