भारतीय अभिनेता गिरीश कर्नाडको निधन

एजेन्सी । वरिष्ठ कलाकार एवं नाटककार गिरीश कर्नाडको सोमबार ८१ वर्षको उमेरमा बैङ्लोरमा निधन भएको छ। 

उनी सन् १९३८ मे १९ मा महाराष्ट्रको माथेरानमा जन्मिएका थिए । उनी भारतका चिनिएका समकालीन लेखक, अभिनेता, सिनेमा निर्देशक तथा नाटककारका रूपमा परिचित थिए ।
उनले पछिल्लो समय एक था टाइगर तथा टाइगर जिन्दा है जस्ता सुपरहिट सिनेमामा काम गरेका थिए ।

उनको हिन्दीका अलावा कन्नड तथा अंग्रेजी भाषामा विशेष दख्खल थियो। उनले भारतको  फिल्म एण्ड टेलिभिजन इन्स्टियूट, इण्डियाुको निर्देशकका रूपमा काम गर्नुका अलावा संगीत नाटक ऐकेडेमी र नेशनल एकेडौमी अफ पर्फर्मिङ आट्सको अध्यक्षका रूपमा समेत काम गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?