पोर्चुगलले चुम्यो नेसन्स लिगको उपाधि

एजेन्सी । पोर्चुगलले पहिलो संस्करणको युईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ ।

आइतबार राति भएको फाइनल खेलमा नेदरल्याण्डलाई १ ० गोल अन्तरले पराजित गर्दै पोर्चुगल च्याम्पियन बनेको हो । पोर्चुगलको जितमा गोन्कालो गुएडेसले गोल गरेका थिए ।  पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।  खेलको ६० औं मिनेटमा गुएडेसले निर्णायक गोल गरेका थिए । बर्नार्डो सिल्भाको पासमा उनले निर्णायक गोल गरेका थिए ।

योसंगै रोनाल्डोले आफ्नो कप्तानीमा पोर्चुगललाई दोस्रो अन्तराष्ट्रिय उपाधि दिलाउन सफल भएका छन् । यसअघि रोनाल्डोको कप्तानीमा पोर्चुगलले सन् २०१६ को युरोकप जितेको थियो ।

यसअघि पोर्चुगलले स्विजरल्याण्डलाई हराएर फाइनलमा स्थान बनाएको थियो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी पोर्चुगलका बर्नार्डो सिल्भा चुनिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?