आगामी बजेटमा स्वास्थ्य क्षेत्र प्राथमिकतामा छ : मन्त्री श्रेष्ठ

लोकपथ
26
Shares

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रसँग सम्बन्धित मात्र नभएर आफ्नो क्षमताले भ्याएसम्मका कामहरुका लागि मन्त्रालयको ढोका सधैं खुला रहेको बताएकी छिन् ।

बिहीबार काठमाडौंको महाराजगंजस्थित मनमोहन कार्डियोको १५ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले आफूले आउँदो आर्थिक वर्षको बजेटमा समेत काम गरिरहेको बताउँदै स्वास्थ्य क्षेत्र सुधारलाई प्राथमिकता दिने बताइन् ।

उनले भनिन्, ‘एकजना म्यामले यहाँका समस्याहरु प्रधानमन्त्रीज्यूलाई सुनाइलिनुहोला भन्नुभएको थियो । म रहेको मन्त्रालयको ढोका सधैं खुल्ला छ । हामीले कुनै पनि समारोहमा सुनाउने परम्परालाई चिर्दै अब समाधान बताउने हुनुपर्दछ । आउँदो आर्थिक वर्षको बजेटमाथि पनि म काम गरिरहेकी छु । स्वास्थ्य क्षेत्रको सुधारका लागि काम गर्ने प्रयत्न गर्नेछु ।

स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति निर्माणका लागि पाठ्यक्रममा सुधार गर्नुपर्ने उल्लेख गर्दै यसबारे शिक्षा मन्त्रालयले पुनरावलोकन गर्ने बताइन् ।

उनले एकजना मृत मानिसको शरीरबाट आठजना हड्डीसम्बन्धी बिरामीलाई निको पार्न सक्ने भन्दै यसका लागि अंग दानका लागि आवश्यक नीतिमा काम गर्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?