उपनिर्वाचन : सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

लोकपथ
91
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।

राष्ट्रपति पौडेलले वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका हुन् ।

राष्ट्रिय सुरक्षा परिषद्को मिति वैशाख १० गतेको सिफारिस र मन्त्रिपरिषद्को सोही दिनको सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको राष्ट्रपति कायर्मलयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?