धनुषामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप, ७ सेल अश्रुग्यास प्रहार

लोकपथ
553
Shares

काठमाडौं । धनुषमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

धनुषाको औरही गाउँपालिका-१ पौडेसरमा युवायुवतीको प्रेम सम्बन्धलाई लिएर दुई समूहबीच विवाद उत्पन्न भएपछि प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको हो ।

सोही विषयलाई लिएर एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने क्रममा झडप भएको हो । प्रहरीले स्थिति नियन्त्रणमा लिन ७ सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?