नाक भाँच्ने धम्की दिने मेयरले निकाले यस्तो विज्ञप्ति

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले सञ्चार जगतप्रति चोट पुर्याउने आफ्नो कुनै उद्देश्य नरहेको प्रष्ट पारेका छन् । आइतवार साँझ एक विज्ञप्ति जारी गर्दै चौधरीले प्रेस जगतलाई आघात पुग्न गएको विचार फिर्ता लिन चाहेको बताएका छन् ।

‘मेरो सञ्चार जगतप्रति चोट पुर्याउने कुनै मनासय छैन र आगामी दिनमा पनि रहने छैन,’ विज्ञप्तिमा चौधरीले उल्लेख गरेका छन्, ‘एकजना पत्रकार मित्रले फेसबुक कमेन्टको विषयलाई लिएर मलाई आक्रोशपूर्ण फोन गरेपछि भएका संवादका क्रममा आवेगजन्य परिस्थितिका कारण मेरो व्यक्त भनाईहरूबाट उहाँ र सञ्चार जगतमा पर्न गएको चोट प्रति दुख व्यक्त गर्छु ।’

मेयर चौधरीले इटहरी उपमहानगरपालिका प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको पनि बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?