२ आश्विन २०७८, शनिवार

पदमार्ग निर्माण

२०७४,कार्तिक,१३,सोमवार ०६:३१


बाबियाचौर, म्याग्दी, १३ कात्तिक । पर्वतको हम्पाल हुँदै म्याग्दीको पर्यटकीयस्थल मोहरेडाँडा पुग्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत हम्पाल–मोहरेडाँडा खण्डमा नयाँ पदमार्ग निर्माण भएको हो । करिब दुई किमी पदमार्ग निर्माण गरिएको पदमार्गका व्यवस्थापक चित्र तिलीजा पुनले जानकारी दिए । जंगलको झाडी हटाएर फराकिलो बाटो बनाइएको हो । यसअघि हम्पालदेखि जलजला हुँदै धिमेडाँडासम्म घुमाउरो बाटो हिँड्नुपर्ने अवस्था थियो । हम्पालदेखि धिमे डाँडासम्म नयाँ पदमार्ग निर्माण गरेपछि ३० मिनेट यात्रा अवधि छोट्टिएको छ । नागी र शालिजाको तारेका युवाले सो पदमार्ग निर्माण गरेका हुन् । पदमार्ग व्यवस्थापन समितिले रु ३० हजार अनुदान उपलब्ध गराएको थियो । समितिले उपलब्ध गराएको अनुदानको तुलनामा तेब्बर बढी रकम बराबरको काम भएको व्यवस्थापक पुनले बताए । पदमार्ग सुधार गरिएपछि पर्यटकलाई यात्रा गर्न सहज भएको छ । बाटो बिराउने समस्या हटेको छ । त्यसैगरी डाँडाकटेरी र लोप्रेका बासिन्दाले पनि पदमार्ग व्यवस्थापन समितिको सहयोगका साथै श्रमदान गरेर बाटोमा ढुंगा बिछ्याउने र मर्मत गर्ने काम गरेका छन् । पदमार्गको नक्साअनुसार विभिन्न ठाउँमा सूचनापाटी राख्ने तयारी गरिएको छ । ठाउँको नाम, अवस्थित उचाइ लगायतका विवरणसहितको सूचनापाटीका साथै दोबाटोमा स्थायी संकेत बोर्ड राख्न लागिएको व्यवस्थापक पुनले जानकारी दिए । शालिजाको तारेका युवाले पदमार्गअन्तर्गतपर्ने धिमेडाँडामा खाना, खाजा खाने होटल सञ्चालन गरेका छन् । पदमार्ग क्षेत्रका ४२ जना युवालाई पर्यटक गाइडसम्बन्धी तालीमसमेत प्रदान गरिएको छ । म्याग्दीको घुमाउने तालदेखि बाँसखर्क, डाँडाकटेरी, नाँगी, हम्पाल, मोहरे डाँडा, फूलबारी, प्यारीबाराही ताल, टिकोट र खिवाङलाई समेटेर विसं २०६७ देखि समुदायको पहलमा पदमार्ग सञ्चालनमा ल्याइएको थियो । समुदायको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा आयस्रोत जुटाउने उद्देश्यले सञ्चालित पदमार्गको भ्रमणमा आउने पर्यटक बढ्दै गएपछि पूर्वाधार निर्माणले तीव्रता पाएको छ । पर्यटकको सुविधाका लागि बाँसखर्क, डाँडाकटेरी, टिकोट र खिवाङमा होमस्टे, नाँगी, मोहरे डाँडा र फूलबारीमा सामुदायिक लज सञ्चालन गरिएको छ । ग्रामीण बस्ती, मगर संस्कृति, हिमशृङ्खला, सूर्योदयको दृष्यावलोकन र गुराँसे जंगल यस पदमार्गको आकर्षण हो । सामुन्द्रिक सतहदेखि तीन हजार ३०० मिटरको उचाइमा अवस्थित मोहरे डाँडा यस पदमार्गको प्रमुख गन्तव्य बनेको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१३,सोमवार ०६:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

अहिले ‘टुरिष्ट हब’को रूपमा विकसित झकिझकाउ ठमेल पहिले कस्तो थियो होला ? आम युवापुस्ताको यही जिज्ञासा मेट्न हामी रंगिन ठमेलमा

काठमाडौं । नेपालले मध्यपूर्वी एशियाको उदियमान पर्यटकीय गन्तव्य मुलुक मलेसियासँग पर्यटन प्रर्वद्धनका लागि सहकार्य गर्ने भएको छ । दुई देशबीच पर्यटन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको प्रगतिबारे जानकारी लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका

पोखरा । आङ फुर्वा शेर्पाले हिमाल आरोहणको अनुभव बटुल्न थालेको १४ वर्ष भयो । उनीसँग विश्वको अग्लो हिमाल सगरमाथा १०

ताजा समाचार

अट्टाहस
 २०७८,आश्विन,२,शनिवार १५:२२
रुकुमपूर्वमा नयाँ ट्रयाक खोलियो
 २०७८,आश्विन,२,शनिवार १५:०४
अफगानिस्तानमा खुल्न थाले विद्यालय
 २०७८,आश्विन,२,शनिवार १४:४९