नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहितको मुद्दामा सुनुवाई हुँदै

लोकपथ
117
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितले दिएको रिट निवेदनमाथि आज (बिहिबार) सुनवाइ हुँदैछ ।

पूर्व उपप्रधानमन्त्री रायमाझीसहितले दिएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आजका लागि पेशी तोकीएको हो ।

रायमाझीसहित टेकनारायण पाण्डे, आङटावा शेर्पा, शमशेर मिया, केशवप्रसाद दुलाल, सन्देश शर्मा, गोविन्द कुमार चौधरी, सागर राई, डा. इन्द्रजित राई, सानु भण्डारीसहितले रिट निवेदन दिएका थिए ।

सर्वोच्चका न्यायाधीशद्धय टेकप्रसाद ढुंगाना र कुमार रेग्मीको संयुक्त इजलासमा गत सातादेखि भईरहेको सुनुवाई आइतबार हेर्दाहेर्दैमा राखिएको उक्त रिटमाथि वैशाख ९ र वैशाख १० गते पनि सुनुवाइ भएको थियो ।

उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि रायमाझीसहितका प्रतिवादीहरूले सर्वोच्चमा पुनरावेदन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?