रोहित पौडेलको कप्तानीमा वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

लोकपथ
371
Shares

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज ‘ए’विरुद्ध टी-२० शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा गरेको छ। क्यानले टी–२० शृंखलाका लागि बिहीबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल, गुल्सन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा, विवेक यादव र आकाश चन्द रहेका छन् ।

नेपालले आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ‘ए’सँग घरेलु मैदानमा खेल्दै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?