शेफिल्डलाई हराउँदै म्यान्चेष्टर युनाइटेड विजयी

लोकपथ
104
Shares


काठमाडौं । प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा म्यान्चेष्टर युनाइटेडले तालिकाको पुछारमा रहेको शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ ।

वल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले ४–२ को जित हात पार्दै छैटौं स्थानमा उक्लिएको छ । सो क्रममा जारी खेलमा शेफिल्डले दुई पटक लिएको अग्रतालाई युनाइटेडले उल्ट्याएको थियो ।

खेलको ३५औं मिनेटमा जेडेन बोग्लेले गोल गर्दै शेफिल्डलाई अग्रता दिलाएका थिए । तर, ४२औं मिनेटमा ह्यारी माग्वेरले बराबरी गोल गरे । ५०औं मिनेटमा बेन ब्रेरेटनले गोल गर्दै शेफिल्डलाई पुनः अग्रता दिलाए । तर, ६१औं मिनेटमा युनाइटेडले पेनाल्टी पाउँदा ब्रुनो फर्नाण्डेजले बराबरीमा ल्याए ।

८१औं मिनेटमा फर्नाण्डेजले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । ८५औं मिनेटमा रास्मस होलुन्डले गोल गरेपछि युनाइटेडले ४–२ को जित दर्ता गरेको हो । जितसँगै युनाइटेड ५३ अंकसहित छैटौं स्थानमा उक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?